Discover a new way to travel with Rudraksha Air Bus!

Journey both ways from Kathmandu to Jaleshwor, Janakpur, and Matihani.

Book your bus tickets now on BusSewa and experience travel in a whole new light!


नेपालको मधेश प्रदेशको धनुषा जिल्लामा रहेको प्रादेशिक राजधानी जिल्ला सदरमुकाम र एक उपमहानगरपालिका हो।धनुषा जिल्लाको पहिलो नगरपालिका रहेको यो नगरको नामकरण प्राचीन मिथिला क्षेत्रका राजा जनकको नामबाट भएको हो। यो सहर नेपालको राजधानी काठमाडौँबाट ४५० किलोमिटरको दुरीमा अवस्थित छ।नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०१७ जेठ १३ गतेदेखि लागु हुने गरी जनकपुर नगरपालिकको गठन गरिएको थियो।[२] जनकपुरलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। जनकपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा कुर्था, बसविटिट, बिन्धी, प्रको महुवा, लोहना,बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, गोपालपुर तथा कनकपट्टी गाउँ विकास समितिलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो।सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो नगरपालिकामा २ वटा गाउँ विकास समितिहरूको आंशिक भाग थपेर यसको क्षेत्र विस्तार गरेको थियो तर राजनीतिक विवादका कारण सरकारले स्थानीय तहहरू पुनर्मूल्याङ्कन गरि वि.सं. २०७४ जेठ ८ गते गरेको निर्णय तथा वि.सं. २०७४ जेठ ११ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार थप गरिएका गाउँ विकास समितिहरूलाई खारेज गरि यस उपमहानगरपालिकामा कनकपट्टी, अन्दुपट्टी (वडा नं. ६-९), मानसिंहपट्टी (वडा नं. १-५) र गोपालपुर (वडा नं. १-२) क्षेत्र कायम गरेर क्षेत्र विस्तार गरिएको थियो।यहाँ नेपालको प्रसिद्ध जानकी मन्दिर रहेको छ। जनकपुर हिन्दू धर्ममा एक महत्त्वपूर्ण स्थल, मैथिली संस्कृतिको केन्द्र तथा नेपालको एकमात्र रेल सुविधा भएको सहर भएकोले पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ। वर्तमान समयमा यो उपमहानगरपालिकाको कुल क्षेत्रफल ९१.९७ वर्ग किलोमिटर रहेको छ भने नेपालको वि.सं. २०६८ को जनगणना अनुसार यहाँको कुल जनसङ्ख्या १,५९,४६८ रहेको छ। यो नगरपालिकालाई २५ वटा वडामा विभाजन गरिएको छ।