इटहरी, बिराटनगरको यात्रा गर्दै हुनुहुन्छ?

आजै BusSewa बाट Nepolean Air Bus Bus Ticket खरिद गरि आरामदायी तरिकाले यात्रा गर्नुहोस्।


यो तीव्र गतिमा विकसित हुँदै गइरहेको पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्रविन्दु सहर हो। यो सहर धरानको दक्षिणमा र विराटनगरबाट उत्तरमा रहेको छ।सुनसरी जिल्लाको तत्कालिन इटहरी गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं. २०५३ माघ ११ गते नगरपालिका घोषणा गरिएको थियो।इटहरीलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। इटहरीलाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन एकम्वा, खनार, पकली तथा हाँसपोसा गाविसलाई समावेश गरिएको थियो। इटहरी नगरक्षेत्रमा कृष्ण प्रणामी मन्दिर, राधाकृष्ण मन्दिर, मानवधर्म सेवा समिति, शिव मन्दिर, दक्षिणकाली मन्दिर, मनकामना मन्दिर लगायत विभिन्न धार्मिक मठ, मन्दिर तथा देवस्थलहरू छन्। दशैं, भाइटीका, तीज, होली, श्रीकृष्ण जन्माष्टमी, बुद्ध पूणिर्मा, ल्होसार, छठ, राम नवमी, इद, बकरिद तथा रमजान लगायतका चाडपर्वहरू भव्य रूपमा मनाइने इटहरी नगरक्षेत्रको आफ्नै प्रकारको विशेषता छ।