नेपालगंजको यात्रा गर्दै हुनुहुन्छ?

आजै BusSewa बाट Balen City Air Bus With Semi-Sleeper Bus Ticket खरिद गरि आरामदायी तरिकाले यात्रा गर्नुहोस्।



नेपालगन्ज उपमहानगरपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्ने नेपालको एक प्रमुख शहर हो।भारतको रुपैडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको व्यापार सम्बन्धका कारणले पनि महत्त्वपूर्ण छ।

यो सहर पूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा वीरेन्द्र चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका व्यापारिक केन्द्र हो। नेपालको पश्चिमी भेगको लागि यो सहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्त्वपूर्ण केन्द्र हो। यहाँ नेपाल राष्ट्र बैङ्क लगायत थुप्रै वाणिज्य र विकास बैङ्कहरूका शाखा छन्। यो सहर समुद्री सतह भन्दा १५० मिटर माथि रहेको छ। यो सहर नेपालका सबैभन्दा धेरै गर्मी हुने सहरहरू मध्येको एक हो। गर्मी मौसममा यहाँको वायुको तापक्रम ४२ डिग्रि सेल्सियस सम्म पुग्दछ। अङ्ग्रेजबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर (नयाँ मुलुक) फर्काएपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले नेपालगन्ज सहरको कल्पना गरेका थिए। उनकै चाहनामा भारत लखनउको व्यापारिक केन्द्र हजरतगन्जको मोडेलमा यसको संरचना निर्माण अगाडि बढ्यो अभिलेखहरूअनुसार जंगबहादुरले सुब्बा सिद्धिमान राजभण्डारीलाई नयाँ सहर स्थापनाका लागि अध्ययन गर्न खटाए। उनको प्रतिवेदन प्राप्त भएपछि पद्मनाभ जोशीलाई नयाँ सहर बसाउन पठाए। जोशीले हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ एक सय आठ फिट सडकको दायाँ–बायाँ घरहरू निर्माण गराए।सँगसँगै लोकबहादुर थापाले काठ भारततर्फ निकासीका लागि काठमहल बनाए।हालको त्रिभुवन चोकको नाम सुरुमा चोकबजार थियो। यही चोकबाट पूर्व र पश्चिम लाइन, इदगाहरोडलगायत सडकमा पसल, कबलसहितका घरहरू निर्माण गरेर जोशीले नेपालगन्ज सहर बसाए। हाल त्रिभुवनको सालिक रहेको स्थानमा एउटा चारपाटे दुईतले घर ठड्याइयो। सोही घरको माथिल्लो तलामा भन्सार राखियो। नेपालगन्ज मा व्यापार गर्न आउने महाजनहरूलाई त्रिभुवन चोक र आसपासकै घरहरू उपलब्ध गराइयो। सोही कारण चोकबजार सधैँ गुल्जार रह्यो। यही चोक नेपालगन्ज नगरको केन्द्र बनिरह्यो।

राणा शासनकालमा चोकबजारमा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरको सालिक राखियो। बुढापाकाहरूका अनुसार बटुवाहरू जुद्धशमशेरको सालिकलाई सलाम गरेर मात्र अगाडि बढ्थे।बिस्तारै बस्ती बढ्दै गयो। चोकबजारको दक्षिणतर्फ बीच सडकमै मन्दिरहरू निर्माण भए। पछिसम्मै बिहान ४ बजे बागेश्वरी मन्दिरको डङ्का बजेपछि चोकबजारमा चहलपहल सुरु हुन्थ्यो।२००७ सालको जनक्रान्तिको प्रभाव चोकबजारमा पनि पर्‍यो। केही युवाले जुद्धशमशेरको सालिक ढाले। २०१६ सालमा नेपालगन्ज नगरपालिका गठन भयो। मेयर मुलचन्द आजाद र उपमेयर पूर्णमान आजाद थिए। नगरपालिकाले जुद्धशमशेरको सालिक हटाएर ट्राफिक पोस्ट बनायो। चोकबजारको वरिपरि काठको खम्बामाथि काँचको लेन्टर्नबक्स हुन्थ्यो। त्यसभित्र टुकीमार्फत सडक बत्ती बालिन्थ्यो। २०२०/२१ सालतिर तत्कालीन नगर-पञ्चायतले राजा त्रिभुवनको सालिक चोकबजारमा स्थापित गर्यो। ०६२/६३ को परिवर्तनपछि भएको मधेस आन्दोलनका क्रममा त्रिभुवनको सालिक भत्काइयो तर, जनजीव्रोबाट त्रिभुवन चोक हटेको छैन।