काठमाडौँ देखि रुकुमकोट यात्रा गर्दै हुनुहुन्छ?

आजै BusSewa बाट Syarputal Yatayat को Bus Ticket खरिद गरि आरामदायी तरिकाले यात्रा गर्नुहोस्।


नेपालको मध्य-पश्चिम क्षेत्रमा पर्ने राप्ति अंचलको पुरानो रुकुम जिल्लाको सदरमुकाम देखि १० कोश पूर्वमा पर्ने एउटा रमणीय गाँऊ रुकुमकोट नेपालको राजधानि काठमान्डौ देखि करिब ३५० किलोमिटर पश्चिममा पर्ने पुरानो रुकुमको सदरमुकाम मुसिकोट देखि पूर्वमा अवस्थित यो ठाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाँउको रूपमा लीइन्छ। हिमाली जिल्ला डोल्पा अनि ढोरपाटन सिकार आरक्षको प्रवेशद्वारको रूपमा पनि परिचित रुकुमकोट, पुर्वी रुकुम जिल्लाको सिस्ने (पहिलेको सर्पकोट-बाहुन्ठाना-शोभा- रुकुमकोट हुँदै ) गाँउ पालिका अन्तरगत पर्दछ। चारैतिर पहाडले घेरिएको रमणिय उपत्यका रुकुमकोट २०३० सालसम्ममा पुरानो रुकुम जिल्लाको सदरमुकाम थियो ।